३ जेष्ठ २०८१, बिहीबार

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजीत



काठमाडौँ / काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका छन् ।

प्रदीप पौडेल

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् ।

पोखरेल २०७४ मा वामगठवन्धन हुँदा सोही क्षेत्रबाट विजयी भएका थिए । नेता पोखरेल त्यसअघि सोही क्षेत्रबाट कांग्रेस नेता नरहरी आचायसंग २०६४ र २०७० मा पनि पराजीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार