३ जेष्ठ २०८१, बिहीबार

काँग्रेस सभापति देउवा साढे ४ हजार बढी मतले अगाडि




धनगढी/ प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ५ सय बढी मतले अग्रता लिएका छन् । मतगणना शुरु भएदेखि नै सभापति देउवाले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

आज मंगलबार दिउँसो ३ बजेसम्म १९ हजार ७०७ मत गणना हुँदा सभापति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी सागर ढकालले ५ हजार १९३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली काँग्रेस (वीपी) का कर्णबहादुर मल्लले दुई हजार ६९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार