३ जेष्ठ २०८१, बिहीबार

कैलाली ३ बाट नाउपाका गंगा चौधरी प्रतिनिधि सभा सदस्य विजयी




धनगढी/ कैलाली ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

अहिले भरखर सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनी २३ हजार १२० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी कुन्दनले १७ हजार ७४९ मत प्राप्त गरे । त्यस्तै, एमालेका गौरिशंकर चौधरीले ९ हजार ८७४ र राप्रपाका वीरेन्द्रबहादुर बमले ७ हजार ४७ मत प्राप्त गरे ।

कैलाली ३ मा कुल ६३ हजार ४४० मत खसेको थियो । कुल ४ हजार २१ मत बदर भएको जनाइएको छ ।

पराजित उम्मेदवार गौरिशंकर २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार रहेर विजयी भएका थिए । पूर्वमन्त्री समेत रहेका उनी नेकपा विघटन भएपछि एमालेमा समाहित भएका थिए । गठबन्धनका उम्मेदवार कृष्णकुमार २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार