३१ भाद्र २०८१, सोमबार

प्रधानमन्त्री देउवा प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडी




धनगढी/ प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडी रहेका छन् ।


सोमबार साँझ ६ बजेसम्म एक हजार मत गणना हुँदा सभापति देउवाले ४६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छन् । त्यस्तै, नेपाली काँग्रेस (वीपी) का कर्णबहादुर मल्लले २०१ मत प्राप्त गरेका छन् ।


डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदका लागि आठ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार