२ जेष्ठ २०८१, बुधबार

बाजुरामा थप एकको ज्यान गयो



बाजुरा / बाजुराको त्रिवेणी नगरपालिकमा वडा नम्बर ७ मा एमाले कार्यकर्ता चेतन ऐडीको आइतबार राती ज्यान गएको छ ।

कांग्रेस कार्यकर्ताहरुले घर घेरेर कुटेपछि आइतबार राति ज्यान गएको उनका आफन्तजनले बताएका छन् ।
उनी अनेरास्ववियूको सुदूरपश्चिम विश्वविद्यालय कमिटीका अध्यक्ष हुन ।

प्रहरीले घट्ना बारे जानकारी संकलन भइरहेको बताएको छ । भने मृतक ऐडीका आफन्तले कुटपीट भइरहेको बारेमा आफन्तलाई जानकारी दिदा पनि सहयोग नगरेको आरोप लगाएका छन् ।

यसअघि सोही वडाका सन्दिव एडीको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो । उनी कांग्रेस निकट युवा हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार