१६ चैत्र २०८०, शुक्रबार

झडप नियन्त्रण गर्न खोज्दा एक जनाको मृत्यु,दर्जनौ घाइते



बाजुरा/ सुरक्षाकर्मीको गोली लाग्दा बाजुराको त्रिवेणी नगरपालिकामा‐७ का अन्दाजी २८ वर्षीय सन्दिव अयडीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले, कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको बताए । दिउँसो ४ बजे सो घट्ना भएको थियो । मृत्यु हुने अयडी नेपाली कांग्रेस निकट कार्यकर्ता हुन ।

घटनामा परेर अन्य दर्जनौ स्थानीय पनि घाइते भएको अनुमान छ । घाइतेलाई उपचारका लागि अहिले नेपाली सेनाको हेलिकप्टबाट नेपालगञ्ज लगिएको छ ।

एक जनाको मृत्यु भएको र अन्य एकजनाको पहिचान हुन सकेको छैन । अन्य घाइतेहरुको पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोगटीले बताए ।

बाजुरामा विवाद हुँदा बुढीगंगा नगरपालिका‐५, ८ र बुढीनन्दा नगरपालिका‐५ को मतदान विवादका कारण स्थगित भएको छ ।
बाजुराकै स्वामीकात्तिक गाउँपालिका‐१ को समानुपातिक मतपेटिकमा आगो लगाइएको छ । ८४० मतदाता रहेको सो पालिकमा ५२५ मत खसेको थियो । सो मतपेटिकामा कसले आगो लगायो पत्ता लाग्न सकेको छैन ।

यसैवीच नेकपा (एमाले) ले १६ वडा मतदान स्थगित गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुरामा उजुरी दिएको छ । ती वडामा कांग्रेसले वुथ कव्जा गरेको एमालेको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार