३ जेष्ठ २०८१, बिहीबार

हाम्रो प्रतिस्पर्धीको ठेगान छैन, गठवन्धन एकताबद्ध छ : बडुवाल



निर्वाचनको आज अन्तिम दिन प्रतिनिधी र प्रदेश सभामा लडेका नेताहरु मतदाता रिझाउन आफनो एजेन्डा सहित घरदैलो अभियानमा व्यस्त छन् ।

मतदाताको घरमा जाने समस्या बुझने, समाधानको आश्वासन दिदै मतदातालाई रिझाउने नेताहरुको दैनिकी जस्तै भएको छ । मंसिर ४ आउन अब ३ दिन बांकी छ । कैलालीको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य लागि उम्मेदवार दिएका भगत बडुवाल मुक्तीले पनि घर दैलो अभियानलाई तिब्रता दिदै आएका छन ।

उनी २०६४ सालको संविधान सभा सदस्य पनि हुन । उनले मतदाताबाट राम्रै प्रतिकृया पाइरहेको बताएका छन । चुनाब जिते यस क्षेत्रको स्वास्थ्य शिक्षा, सडक, खानेपानी, रोजगारका अभियानलाई तिब्रता दिदै अघि बढने बताउदै आएका भगत बडुवालसंग अनुमोदन खबर डटकमका लागि टंक कुंवरले गरेको संक्षिप्त कुराकानीको सारसंक्षेप ।

क्षेत्र न. २ बाट चुनाव लडदै हुनुहुन्छ मतदाताबाट विकास निर्माणका विषयमा कस्ता खालका अपेक्षाहरु आए ?
उम्मेदवारका हिसाबले भन्नुपर्दा मतदाताका आक्रोस गुनासाहरु चिरपरिचित नै छन । खास गरेर नेताहरु चुनाबको बेला आउछन् पछि हराउछन् भन्ने कुराहरु बढि आउने गरेका छन । बाटो बनेन, पुलपुलेसा बनेन् हाम्रा समस्याको हल भएन् जागिर पाएको छैन भन्ने गुनासाहरु मतदाताको रहदै आएको छ ।

राज्यले गर्नु पर्ने न्युनतम दायित्व पनि पूरा गरेको छैन भन्ने कुरा छन् । यो क्षेत्रको जटिल समस्या भनेको सुकुमबासी समस्या पनि हो । ४० सालपछि नापी भएको छैन् र जनताले लालपुर्जा पाउनबाट बन्चीत छन सबै जनताको माग पनि यही नै छ । डुबान कटान, बाली नाली नस्ट हुने किसानका कुराहरु बढि जटिल छ । जनताका आधारभूत दैनिक समस्याका विषयहरुमा बढी कुरा उठिरहेको छ ।

मतदाताको माझ तपाईले कस्ता खालका योजना लिनु भएको छ ?
मान्छेको जिबनयापनलाई सहज बनाउने भनेको सडक नै हो, यसको स्तरउन्नती, बेरोजगारी समस्या हल गर्ने र माथील्लो स्तरमा समेत यो समस्याका बारेमा चासोका साथ बोल्ने कुरा मेरो योजनामा परेको छ ।

अर्को कुरा भन्नुपर्दा बच्चाहरु ११ वर्ष नपुग्दै विदेश जान खोज्छ या नसालु पदार्थ सेवन गर्ने अथवा कुलतमा लाग्ने खतरा बढी छ । पढेको छ काम पाएको छैन, फरस्टेसन छ , कुलतमा फसेको छ , यी यावत समस्यालाई समाधानका लागि पहल गर्ने कुरा पनी मेरो योजनामा छ । सडक संजाल पहिलो कुरा भयो ।

कटानका कारण जनताको बस्ती जोगाउने कुरा छ , समस्या धेरै छन आफूले जिते समाधान गर्न तिर लाग्ने छु । मेरो योजनाको बढी महत्व कुरा स्वास्थ्य,शिक्षा, रोजगार र पर्यटन छ । कर्णाली करिडोरलाई अगाडि बढाउन सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्छ । यसका लागि पनि पहल गर्ने कुरा मेरो योजनामा छ ।

कुनै क्षेत्रमा गठबन्धनको मत पाउने होकी होईन भन्ने चिन्ता पनि उम्मेदवारमा छ यहांले कस्तो पाउनु भएको छ ?
यहां समुदायका हिसाबले पनि बसाई एउटैएउटै खालको छ । पहाडबाट बसाईसरि आएका समुदाय र तराइृका थारु समुदायको बाहुल्यता छ । कुनै पूर्बतिरबाट बसाईसरि आएको समुदाय पनि यहा छ । राजनीतिक हिसावमा भन्नुपर्दा मत बाडिदैन गठबन्धनलाई मात्र आउछ । पहिलाका चुनाबहरुमा केही ठाउंमा धोका पाएका थियौ ।

यो पाली त्यस्तो हुन्न धेरै तयारी गरेका छौ , नेपाली काग्रेसले भेला गरेको थियो मलाई पनि बोलाएको थियो गए मत गठबन्धन बाहेक अरुलाई नदिने भन्ने कुरामा बढी केन्द्रित भएका छौ ।

विपक्षी साथीहरुले गठबन्धनमा बढि खेल्ने गरेका छन् त्यसलाई पनि निराकरण गर्नतिर लागेका छौ । उनीहरुले जती हतकण्डा प्रयोग गरे पनि हामीलाई केही फरक पर्दैन ,असर उनीहरुलाई नै पर्दैछ । हाम्रो उम्मेदवार र कार्यकर्तामा त्यस्तो समस्या छैन् । समग्रमा भन्नु पर्दा गठबन्धन एकढिक्का छ ।

तपाईको प्रतिस्पर्धी कसलाई ठान्नुहुन्छ ?
कहिले एमाले देखिन्छ ,कहिले नागरिक उन्मुक्ती देखिन्छ अहिले ठम्याउन गाह्रो छ । हाम्रो अवस्था दिनहुँ सुधार हुदै गएको छ । कतिपय ठाउमा एमाले छैन जस्तो पनि छ ,नागरिक उन्मुक्ती भरखरकै हो । नागरिक उन्मुक्ती पार्टीबाट यो क्षेत्रमा पहाडी समुदायका पनि चुनाब लडेका छन् तर ढकियामा भोट हाल्दा बित्तिकै सबै थारु एक भइहाल्छन भन्ने कुरा हुदैन् ।

अन्तमा मतदातालाई के भन्नुहुन्छ ?
भूगोल अप्ठेरो छ धेरै ठांउंमा पुग्न सकिएको छैन् । पाँचदलिय गठबन्धन त्यत्तिकै बनेको होइन देशलाई निकास दिनका लागि बनेको हो ।

स्थायी राजनीतिले नै निकास दिने हो, र यसका लागि गठबन्धन हो ,यस क्षेत्रको समग्र विकासका लागि अग्रसर भएर लाग्ने प्रण गर्दछु ,आउने मंसिर ४ गतेका दिन गठबन्धनलाई भोट दिइ मलाई अत्याधिक बहुमतका साथ विजयी गराउन हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार