२ जेष्ठ २०८१, बुधबार

काँग्रेस नेता भण्डारीद्वारा गठबन्धनलाई जिताउन आग्रह




धनगढी/ नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आगामी ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् ।

पूर्व केन्द्रीय सदस्य भण्डारीले बिहीबार एक विज्ञप्ती जारी गर्दै कैलाली सहित सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।

विज्ञप्तीमार्फत उनले भनेका छन्– आसन्न निर्वाचनमा काँग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन चुनावमा होमिएको छ । यो गठबन्धन राजनीतिक स्थिरता, लोकतन्त्र तथा संविधानको रक्षाका लागि गठन भएको राजनीतिक गठबन्धन हो भन्ने दोहोराईरहनु पर्दैन ।

मतदानको दिन तीन दिन मात्रै बाँकी रहेको सन्दर्भमा म कैलालीसहित सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन सादर अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार