२ जेष्ठ २०८१, बुधबार

ह्याट्रिक गर्ने दाउँमा तीन जना नेता



धनगढी/ प्रधानमन्त्री शेरबहादुर देउवा सातौ पटक प्रतिनिधि सभा सदस्य जित्न खोजीरहँदा बैतडीबाट एमालेका दामोदर भण्डारी, दार्चुलाबाट एमालेकै गणेश ठगुन्ना र डोटीबाटी एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगर लगातार तेस्रो पटक जित्ने कोशिसमा छन् ।

उनीहरु २०७० र २०७४ का चुनावमा विजयी हुनु भएका थिए ।

स्थानीय तहको मतका आधारमा दार्चुलामा निक्कै कडा प्रतिस्पर्धा छ । भने बैतडीमा स्थानीतहको मतका आधारमा सत्ता गठवन्धन निक्कै वलियो रहे पनि प्रतिनिधि सभादेखि प्रदेश सभासम्म विद्रोही उम्मेदवार भएकोले एमालेका प्रदेश अध्यक्ष समेत रहेका भण्डारी जित निकाल्ने आशामा छन् ।

डोटीमा पनि सत्ता गठवन्धन प्रतिपक्ष एमाले भन्दा दोव्वर जस्तो मतले अगाडि छ । तर आलेले पनि कांग्रेसका विद्रोहीको सामना गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार