२ जेष्ठ २०८१, बुधबार

पाँच जना नेता २०४८ देखि चुनाव लड्दै




धनगढी/ सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, हालका मन्त्री दिलेन्द्रप्रसाद वडु, काग्रेसका रामजनम चौधरी र एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्जार्ज लेखराज भट्ट र नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भानुभक्त जोशी २०४८ देखि चुनाव लड्दै छन् ।

ती मध्ये प्रधानमन्त्री देउवा लगातार सातौपटक चुनावी मैदानमा छन् भने मन्त्री वडु २०४८, २०५१, २०५६, २०६४, २०७० र यो पटक गरेर छैटौ पटक चुनावी मैदानमा छन् । उनले २०४८, २०५६ मा मात्र चुनाव जिते । उनी २०७४ मा समानुपातिका प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।

एमाले नेता भट्ट २०४८ मा संयुक्त जनमोर्चाबाट चुनाव उठृेका थिए । त्यसपछि २०६४, २०७०, २०७४ र अहिले गरेर उनी पाँचौ पटक चुनावी मैदानमा छन् । भट्ट २०६४ र २०७४ मा मात्र विजयी भएका थिए । भट्ट यो वीचमा पटकपटक मन्त्री पनि बने ।

हाल कैलाली क्षेत्र नंं. १ बाट उम्मेदवार बनेका चौधरी यो सहित छ पटक उम्मेदवार बनेका छन् । उनले २०४८, २०५१, २०५६ र २०७० मा चुनाव जितेका थिए । २०७४ मा भने उनी पराजीत भए । २०६४ सालमा भने उनी फोरमबाट समानुपातिक प्रणालीबाट संविधान सभाको सदस्य भएका थिए । उनी पनि विगतमा मन्त्री भएका थिए ।

एकीकृत समाजवादीका नेता जोशी २०४८, २०५१, २०६४ र यसपटक गरेर चारपटक चुनावी मैदानमा छन् । उनी २०५१ र २०६४ मा विजयी भएका थिए । जोशी झलनाथ खनाल प्रधानमन्त्री हुँदा वनमन्त्री थिए ।

सच्चाइएको
२०४८ देखि चुनाव लडनेमा कैलालीका रामजनम चौधरी पनि हुनु पर्नेमा भुलवस छुटेकोले सच्चाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार