३ जेष्ठ २०८१, बिहीबार

ठूला दलबाट सात जना मात्र नयाँ अनुहारका उम्मेदवार




धनगढी / सुदूरपश्चिमबाट प्रतिनिधि सभाका (१६) र प्रदेश सभाका (३२) गरेर ४८ प्रत्यक्ष क्षेत्रमा मुख्य दलहरुले सात जना नयाँ अनुहारलाई मात्र टिकट दिएको छन् ।

त्यसक्रममा एमालेले बझाङबाट प्रतिनिधि सभा सदस्यमा ऐनबहादुर महरलाई उठाएको छ । उहाँ अनेरास्वयियूको केन्द्रीय अध्यक्ष भइसकेका छन् ।

उनी पुराना राजनीतिज्ञ तथा नेकपा (एकीकृत समाजवादीका ) स्थायी समिति सदस्य भानुभक्त जोशीसंग चुनावी मैदानमा छन् । महरलाई जोशीले नै राजनीतिमा ल्याएको चर्चा छ ।

यस्तै गरेर कांग्रेसले प्रदेश सभामा कैलाली क्षेत्र नं. ५ ‘ख’ महाधिवेशन प्रतिनिधि प्रकाशबहादुर देउवा, अछाम क्षेत्र नं. २ ‘ख’ पूर्व प्रहरी अधिकृत मानबहादुर रावललाई उम्मेदवार बनाएको छ ।

यस्तै एमालेले कैलाली क्षेत्र नं. १ ‘ख’ द्धारिका न्यौपाने, कैलाली क्षेत्र नं. २ ‘ख’ डेजी पाण्डे दार्चुला ‘क’ मा हरदेव जोशीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । पाण्डे एमाले कैलालीको सचिव, कैलाली वहुमुखी क्याम्पसको पूर्व सभापति र विद्यार्थी आन्दोलनमका चर्चित नेता हुन ।

एमालेका न्यौपाने सो पार्टीका जिल्ला सचिवालय सदस्य हुन । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा गठवन्धनका उम्मेदवार रणबहादुर रावलसिंत भिड्दै छन् ।

यस्तै एकीकृत समाजवादीले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेशबहादुर शाहीलाई बाजुरा ‘क’ को उम्मेदवार बनाएको छ । उनी पनि विद्यार्थी तथा युवा क्षेत्रबाट राजनीतिमा होमिएका छन् ।

प्रतिनिधि र प्रदेश सभा सदस्यका मुख्य दलका अरु उम्मेदवार भने वडा, पालिका, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा सदस्यका जितेका वा हारेकाहरु मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार