२१ बैशाख २०८१, शुक्रबार

हामी बलियो छौ, त्यसैले चुनाव जित्यौ : देउवा




धनगढी/ नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ ‘ख’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले मङ्सिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

धनगढीमा बुधबार भएको युवा भेलालाई सम्बोधन गर्दै उहाँले २०७४ को निर्वाचनमा भएका गल्तीहरुलाई सुधार गरेर सङ्घ र प्रदेश सबैतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन ।

गठबन्धनका उम्मेदवारहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र लोकतान्त्रिक समाजवादीको साझा उम्मेदवार रहेकाले जित्ने लगभग निश्चित रहेको उनको भनाइ थियो । ‘त्यसैले जित्ने उम्मेदवारलाई नै भोट हाल्न म सबैलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो,‘गठबन्धनका सबै उम्मेदवारलाई जिताउन जरुरी छ ।’

उम्मेदवार देउवाले मङ्सिर ४ पछि सङ्घ र प्रदेश सबैमा गठबन्धनकै सरकार बन्ने बताए । उनले क्षेत्र नं. ५ मा सबैभन्दा बलियो संगठन रहेको पार्टी नेपाली कांग्रेस रहेको भन्दै अगाडि थपे,‘जसको संगठन बलियो छ, चुनाव उसैले जित्ने हो । अझ हामीसंग गठबन्धन छ ।’

यो क्षेत्रबाट २०७४ को निर्वाचन जितेर एमालेले केही गर्न नसकेको देउवाको जिकिर थियो । त्यस्तै, स्वतन्त्र उम्मेदवार पनि आफ्नो लागि उठेको भन्दै उनले स्वतन्त्र जितेर केही गर्न नसक्ने बताए ।

‘उहाँ (स्वतन्त्र उम्मेदवार) नेपाली कांग्रेसबाटै विभिन्न समय चुनाव जितेर विभिन्न पद्मा पनि पुग्नुभयो’, देउवाले अगाडि थपे,‘अहिले टिकट नपाएपछि स्वतन्त्र उठेको उहाँ केही गर्न सक्नू हुन्न ।’

क्षेत्र नं. ५ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यतर्फ डिल्लीराज पन्त र प्रदेश सभा सदस्यतर्फ ‘क’ मा माओवादी केन्द्रका रमेश धामी र ‘ख’ मा प्रकाश देउवा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार