२१ बैशाख २०८१, शुक्रबार

जनताको रोजाइमा मै छु : एमाले उम्मेदवार जोशी



दुर्गाप्रसाद जोशी

धनगढी / नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष तथा कैलाली क्षेत्र नम्बर ५ ख बाट प्रदेशसभा सदस्यका उमेदवार दुर्गाप्रसाद जोशीले उमेदवार जती भएपनि जनताको रोजाइमा आफू पर्ने बताएका छन् ।

प्रदेशसभामा अन्य उम्मेदवार भन्दा दुर्गा जोशीलाइनै किन रोज्नुपर्ने भन्ने सन्दर्भमा बोल्दै जोशीले मैदानमा आठ जना पात्र देखिए पनि जनअदालतका न्यायधिस जनताले एक जना रोज्नुपर्नेमा अरुलाई नरोजेर आफूलाई रोज्ने धेरै कारण भएको बताए ।

कैलाली ५ ख मा करिब ४८ हजार मतदाता मध्ये अधिकाशं मतदाता निम्न तथा मध्यम वर्गका पर्छन् जोशीले भने, “म पनि निम्न र मध्यम वर्गबाट संघर्ष गरेरै यहाँ पुगेको मान्छे हुँ, यो वर्गका पीडा, दुख मैले बुझेको छु, मैले महसुश गरेर आएको छु र उहाँहरुको सक्कली प्रतिनिधी बन्छु, कस्टकर जीवन बिताइरहेका यी वर्गको पिडा मैले भोगेर महशुस गरेको मान्छे म भएका कारण मलाई उहाँहरुले छान्नुहुने छ ।”

सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष हुँदा मैले गरेको सेवा सबैलाई थाहा छ, कोरोनाकालमा सबै बजार बन्द थियो कफ्र्युझै सुनसान बजार र गाउँ थिए उनले भने “तर मैले एउटा मास्क लगाएर अस्पतालमा ति विरामीका लागी सेवा गरे, त्यस्तो आक्रान्त भएका बेला म यस क्षेत्रका जनताको जीवन रक्षामा होमिए त्यही बेला म कोभिड संक्रमणमा परे र पाँच हप्तापछि बल्ल कोरोना जित्न सके ।”

मैले गरेका काम मैले गरेको सेवा जनताले बिर्षिहाल्छन भन्ने लाग्दैन उनले भने “मैले मेरो परिवार, छोराछोरी तथा श्रीमतीलाई त्यती माया नगरेर यहाँका जनताका लागी खटिएको थिए अनि जनताले यति चाँडै मेरो मेहेनत र सेवा भुल्छन भन्ने लाग्दैन ।”

सेती अस्पतालको सरसफाई अभियानबाट शुरु गरेका कामबाट अहिले थुप्रो सेवा सञ्चालन छन् उनले भने “अहिले सेती अस्पतालमा सिटि स्क्यान मेशिन सञ्चालनको चरणमा छ, सेतीमा दुई वर्षअघि गरेका थुप्रो कामको नतिजा अहिले आउँदैछ, अनि शिक्षाको क्षेत्रमा मैले थुप्रो काम गरे, यहाँका विद्यार्थीहरुलाई सस्तो मुल्यमा ब्यवसायीक शिक्षा दिन २०६६ सालमा स्नातक तहको होटेल म्यानेजमेन्ट कार्यक्रम ल्याएर अहिले हजारौँ युवायुवतीले रोजगारी पाएका छन्, उहाँहरुको माया र आर्शिवाद मलाई छ ।”

वडा कमिटिबाट राजनिति शुरु गरेको म अहिले जिल्लाको कार्यबाहक अध्यक्षको रुपमा छु उनले भने “पार्टीमा काम गर्दा सबैले बुझेको र काममा लगनशिलताले पनि मलाई धेरै सहयोग पुग्छ, यसका अलावा मेरो सरल ब्यक्तित्व, निम्न, मध्यम वर्गको मान्छे, संघर्ष गरेको मान्छे, स्वच्छ छवीको मान्छे भएका कारण म सबैको रोजाइमा पर्छु ।

बालापनमा म ५ वर्षको हुँदा बुवा र सात वर्षको उमेरमा आमा बित्नुभयो उनले भने “दाइको साहाराले कक्षा १० सम्म पढे र त्यसपछि ऐश्वर्या बिद्या निकेतनमा शिक्षण पेशा शुरु गर्दै उच्च शिक्षा अध्यायन गरे, संघर्ष गर्दे शिक्षापनि आर्जन गरे , ब्यवसायिक शिक्षासम्म पुगे, मैले यत्रो संघर्ष गरेरै आए त्यस कारण म सेवा गर्छु र राजनितिमापनि यस्तो सेवक हुँदा रहेछन भनेर जनतालाई आभास दिलाउन चाहान्छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार