२४ बैशाख २०८१, सोमबार

ओलीको आक्रोश : भीम रावलको माया लागे अछाम जानुस




दैलेख / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भीम रावलको माया लागे अछाम जान आग्रह गरेका छन् ।

दैलेखमा आयोजित चुनावी सभालाई ओलीले सम्बोधन गरिरहेका बेला कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरेपछि आक्रोसित हुँदै ‘चुप लागेर बस्नुस, भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, त्यतै जानुस ।’

पटकपटक कार्यकर्ताले भीम रावल भनेपछि अध्यक्ष ओली झोक्किए थिए । यसअघिका केही कार्यक्रममा समेत कार्यकर्ताले ओली बोलिरहँदा भीम रावल खोइ भन्दै प्रश्न गर्दे आएका छन् ।

रावललाई अछाम १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नबाट रोकेपछि रावलका प्रशंसक आक्रोशित छन् । जवकी सो क्षेत्र, जिल्ला र प्रदेशबाट रावलको एकल नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार