३ जेष्ठ २०८१, बिहीबार

चुनावभन्दा रोजगारीको चिन्ता : गौरीफन्टामा भारत जानेको लर्को



नेपाल भारत सीमा गौरीफन्टामा जाने हिँडेकाहरुको व्यक्तिगत विवरण लिदै नेपाली प्रहरी । तस्बिर : प्रकाशविक्रम शाह

धनगढी / प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदानको अधिकार प्रयोग गर्न छोडेर रोजगारीका लागि भारत जानेहरुको दिनहुँ लर्को लागेको छ ।

केही दिनदेखि कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतका विभिन्न शहरमा रोजगारीका लागि जानेहरुको भीड लाग्ने गरेको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा लगायतका जिल्लाबाट रोजगारीका लागि भारतर्फ जाने गरेका छन् । हरेक दशैंतिहारका वेला भारतबाट घर फर्किएका नेपाली कामदारहरु प्रायः हिउदे खेती लगाएर भारत फर्किने गर्दछन् ।

त्रिनगर सिमानाकामा रहेको प्रहरी डेस्कका अनुसार केही दिनयता भारतबाट नेपाल फर्किनेहरुको तुलनामा भारततर्फ जानेहरुको संख्या अधिक रहेका छन् । पछिल्लो एक सातायता दैनिक भारतका विभिन्न शहरबाट फर्किनेहरुको संख्या चार सयको हाराहारीमा रहेको छ भने जानेहरुको संख्या एक हजारको हाराहारीमा छ ।

त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट पनि भारत जानेहरुको संख्यामा बृद्धि भइरहेको छ । झुलाघाट सीमानाकामा रहेको प्रहरी पोष्टका अनुसार कार्तिक १ गतेदेखि २२ गतेसम्म झुलाघाट नाका भएर पाँच सय ३३ पुरुष र एक सय २१ महिला समेत ६ सय ५४ जना रोजगारीका शिलशिलामा भारतका विभिन्न शहर गएका छन् ।

धनगढीको त्रिनगर नाकाबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपालीहरु भारत जाने गरेका छन् ।

सचेत नागरिक भोट हाल्न आउँदै भारत जानेको सङ्ख्या निकै बढिरहेका बेला केही सचेत नागरिक भने भोट हाल्नैका लागि नेपाल फर्किइरहेका छन् ।

२०५४ सालको स्थानीय चुनावमा अछामको साबिकको घोडासैन गाविसको वडा नम्बर ३ मा १६ भोटले वडा अध्यक्षमा पराजित शङ्कर विष्ट भोट हाल्नकै लागि नेपाल आएको बताउनछन् ।

एक भोटको पनि महत्त्व हुन्छ त्यसैले म घर फर्केर आएँ उनले भने, अहिले भने कैलालीको क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाबाट मतदान गर्ने भएको छु । विष्ट आफ्नो नजिकका नातेदारसमेत लिएर नेपाल फर्किएकी हुन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार