३ जेष्ठ २०८१, बिहीबार

गोदावरी‐ ८ को विकासमा प्रतिवद्ध छौ : गठवन्धन



अत्तरिया / कैलाली क्षेत्र नम्बर ४ मा सत्तारुढ गठवन्धनका उम्मेदवारहरुले घरदैलो अभियान तिब्र बनाएका छन् ।
यसक्रममा विहीबार गोदवारी नगरपालिकाको वडा नम्बर ८ स्याउलेमा कार्यक्रम भएको छ ।

सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, प्रदेश सभा क मा उम्मेदवार दीर्घबहादुर सोडारीले वडानम्बर ८ को विकासका खाका प्रस्तुत गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता दीर्घराज भाट, प्रदेशका पूर्व राज्यमन्त्री चुनकुमारी चौधरी, माओवादी नेता लक्षिराम आचार्य, जनमोर्चाका नेता नन्दराज भट्ट, कांग्रेसका जिल्ला सचिव केशव मिश्र, कांग्रेस नेता दीनेशराज जोशी, यज्ञराज चौधरी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा थारु संस्कृति झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार