२ जेष्ठ २०८१, बुधबार

रोजगारी सिर्जना गर्न एमालेको सरकार आवश्यक– भट्ट




अत्तरिया / कैलाली ४ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले मुलुककमा रोजगारी सिर्जनाका लागि एमालेको सरकार आवश्यक रहेको दाबी गरेका छन् ।

चु्नावी प्रचारप्रसारका क्रममा मंगलबार गोदावरी नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम गर्दै उनले एमालेले देशमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने नीति लिएको बताए ।

उनले भने– एमाले सरकारका पालमा देशका विभिन्न स्थानमा औद्योगिक क्षेत्र स्थापनाको पहल भएको थियो, तर वर्तमान सरकारले ती सबै योजना अघि बढाएन ।

नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका भट्टले अव्यवस्थित बसोबासी, सुकुम्बासी, र भूमिहीनहरुको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताए । उनले एमाले नेतृत्वको सरकारले भूमि आयोगमार्फत भूमिहीनहरुलाई जग्गाधनी लालपुर्जा वितरणको तयारी गरेको र वर्तमान सरकारले सो आयोग नै बिघटन गरेको आरोप लगाए ।

घरदैलो कार्यक्रममा क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरिसिंह साउद पनि सहभागी रहेका थिए ।

सो अवसरमा उनले आफू गोदावरी नगरपालिकाको प्रमुख रहेको वेला शिक्षा र स्वास्थ्य सेवाको विस्तार, भूमि व्यवस्थापन, सडकको स्तरोन्नती, नदी कटान नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार