८ जेष्ठ २०८१, मंगलवार

समस्या संकलन गरेर प्रतिबद्धतापत्र तयार हुन्छ : अध्यक्ष विष्ट




कञ्चनपुर / नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले सबै पेशा व्यवसायमा लागेका व्यक्तीहरुबाट समस्याहरु र सुझावहरु संकलन गरेर सबैका समस्या पाँच वर्षभित्र पूरा गर्ने योजनाका साथ एमाले चुनावमा होमिएको बताएका छन् ।

उनले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र र छवटै प्रदेश निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रचारका लागि जिल्लाभरी नेताहरुलाई जिम्मेवारी दिएर खटाइसकेको बताए ।

एमालेका अध्यक्ष विष्टले जिल्लामा उपाध्यक्ष लक्ष्मी बुढा, क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य ईन्दु कडरिया (विष्ट) क्षेत्र नंम्बर २ मा एमाले सल्लाहकार परिषद सदस्य गोविन्द कलौनी र क्षेत्र नम्बर ३ मा लेखा आयोग सदस्य ईश्वरीप्रसाद खरेलाई निर्वाचन परिचालन कमिटिको जिम्मेबारी दिइसकेको बताए ।

‘पार्टीले जिल्ला, संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्रीय कमिटीमा जिम्मेबारी दिएको छ, ‘अध्यक्ष विष्टले भने, ‘अब पालिका र वडामा समेत जिम्मेबारी दिन्छौँ ।’ साथै उनले उम्मेदबारहरु चुनावी काममा खटिए सँगसँगै सुुझाव संकलन गरिरहेको बताए ।

एमालेबाट निर्वाचन क्षेत्र ३ (ख) का उम्मेदवार समेत रहेका अध्यक्ष विष्टले दीर्घकालिन संचार नीति र योजना बनाउनका लागि पत्रकारसंग छलफल गरिएको बताउदै ‘हामी सदैव प्रेस स्वतन्त्रताको पक्षमा छौँ, ‘लामो समयदेखि प्रेसमा काम गरेका साथिहरुको समाजिक हीतका लागि केही योजना पनि अघि बढाउँछौँ ।’

कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज तथा क्षेत्र ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पालले पटकपटक एकै व्यक्ति, दोहोरिने कामबाट स्वयम पार्टीभित्रै विवाद चुलिने बताए । ‘हामीले राप्रपासंग पाटी एकता गरेका होइनौँ, ‘उनले भनिन, ‘राष्ट्रियता मिल्ने पार्टीसंग चुनावी कार्यगत एकता मात्रै हो ।’ कार्यक्रममा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज राजेन्द्रसिह रावलले सत्ताधारीको राष्ट्रियता, सिद्धान्त र नैतिकता विरोधी समुह भएको बताउदै उनले एमालेले राप्रपासंग गरेको गठबन्धन राष्ट्रियता रक्षाका लागि भएको दावी गरे ।

प्रेस चौतारी कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मणदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रम चौतारीका सचिव मदन गिरीले संचालन गरेका थिए ।

प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जी भट्टले संगठन मार्फत पत्रकारको सुझाव संकलन गरेर पार्टीलाई कार्यान्यनका लागि दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार