२४ बैशाख २०८१, सोमबार

कैलाली ५ मा प्रतिनिधि सभामा एमालेका राना र प्रदेश सभामा चौधरी र जोशीको उम्मेदवारी दर्ता




धनगढी / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले)का उम्मेदवारहरुले मनोनयन दर्ता भएको छ ।

अविरल वर्षाका वीच दिउँसो १ः३० बजे एमालेका उम्मेदवारहरुले मनोनय दर्ता गराएका हुन । प्रतिनिधि सभाका लागि एमालेका पोलिटव्युरो सदस्य तथा अहिलेका प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

राना ०७४ निर्वाचनमा प्रधानमन्त्री पत्नि आरजु राणा देउवालाई पराजीत गरेर क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका राना त्यसअघि संविधान सभाको सदस्य समेत थिए ।

यस्तै गरेर कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र क बाट अहिलेका प्रदेश सभा सदस्य नेपालू चौधरी र ख बाट एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभाका सदस्यका उम्मेदवार रानाले राजनीतिक स्थायित्व, देशको सीमाको रक्षा, विकास र समृद्धीका लागि आफ्ू उम्मेदवार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार