११ बैशाख २०८१, मंगलवार

काँग्रेसको सुदूरपश्चिम प्रदेश सभाको समानुपातिका सूची यस्तो छ




धनगढी / नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभाका लागि शुरुमा तय गरिएको समानुपातिका सूचीमा तीन जनालाई मात्र हटाइएको छ ।

काँग्रेस स्रोतका अनुसार वीरबहादुर हमाल, रामकुमारी चौधरी, शुशिला विक र प्रसिस महराको नाम हटाइएको छ । हमाल र चौधरीले आफै नाम हटाउन माग गरेको बताइन्छ भने महरालाई प्रतिनिधि सभामा लगिएको छ ।

२१ जनाको समानुपातिक सूचीमा तारक बुढाऐर, टीकाराम खनाल, यज्ञराज जोशी, गणेश देउवा (अपांग कोटा), अम्मरबहादुर विष्ट, राजु भट्ट जोशी , डम्मरी महरा रक्षा, जुना दानी, तुलसी देवकोटा, सरस्वती खड्का र मधु भारती रहेको बताइएको छ ।

यस्तै गरेर आशाराम चौधरी, झेली राना, गीता चौधरी, गंगादेवी चौधरी, चमेली तामाङ, सरजना विसी, ललिता सुनार,कुमार टेलर, सन्तोष जैरु र वैतडीका पन्त थरका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार