१४ बैशाख २०८१, शुक्रबार

नेतृ आरजू देउवाको नाम समानुपातिक सूचीमा




धनगढी / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवालाई समानुपातिकतर्फ राखिएको छ ।

काँग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा नेतृ आरजूलाई प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ समावेश गरिएको छ ।

उनलाई कैलाली क्षेत्र नम्बर ५, बाँके क्षेत्र नम्बर ३ र बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरिएको थियो भने डडेल्धुराबाट समानुपातिकतर्फ सिफारिस गरिएको थियो ।

२०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट लडेकी उनी एमालेका नारदमुनि रानासंग पराजित भएकी थिइन् ।
काँग्रेसले प्रतिनिधि सभातर्फ एक सय १० र प्रदेश सभा सदस्यतर्फ दुई सय २० जनाको नाम समावेश गरेर बन्दसूची आयोगलाई बुझाएको छ ।

प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ कांग्रेसका १३ पदाधिकारीमध्ये दुई जना मात्रै बसेका छन् । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फ बसेको कांग्रेस स्रोतले जनाएको छ ।

सहमहामन्त्री मन्सुरलाई बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस गरिएको थियो भने परियार कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए ।

त्यस्तै, काँग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिलाई पनि समानुपातिकतर्फ समावेश गरिएको छ । २०७४ सालको निर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए ।

त्यस्तै, पूर्व उपसभापति गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकतर्फ बन्दसूचीमा समावेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार