२४ बैशाख २०८१, सोमबार

एउटा खसी बेच्दा स्थानीय सरकारलाई दुई सय कर !



बाटोमा ढाँट राखेर तरकारीमासमेत मनपरी कर



बैतडी / स्थानीय तहको सरकारले सडकैपिच्छे ढाँट राखेर खसी, आलु र तरकारी बेच्दा मनपरि कर लिन थालेका छन् ।

बैतडीको पाटन नगरपालिकाले अनारखोली सडकमा निकासी कर लिन ढाँट राखेर एउटा खसीको दुई सय रुपियाँ र आर्गनिक आलुमा प्रति क्विन्टल एकसय रुपियाँ कर लिन थालेपछि किसान मर्कामा परेका छन् ।

विहीबार ४० क्विन्टल आलु बेच्दा चार हजार रुपियाँ कर तिर्नु परेको पाटन नगरपालिका वडानम्बर ९, का किसान मोहन बिजलेले पीडा सुनाए ।

उनले भने, “खसीको दुई सय रुपियाँ कर लिने गरेका छन् । आर्गनिक आलुको प्रतिक्विन्टल एकसय रुपियाँ, मह र ध्यूमा बेच्दा प्रतिकिलो पाँच रुपियाँ कर लिने गरेको छ । किसानले गरि खान पनि नपाउने भयो !”

बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रको मात्रै होइन, बझाङबाट बैतडीको अनारखोली हुँदै धनगढी जादै गरेको ८० क्विन्टल आलुको आठ हजार रुपियाँ कर लिएको तथ्य फेला परेको छ ।

त्यसै गरेर दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा सडकमा ढाँट राखेर कृषि उपजमा कर लिदैं आइरहेको छ । यस अघि पञ्चेश्वर गाउँपालिकाले छिमेकी शिवनाथ गाउँपालिकामा बिक्री भएको खसीको एस सय रुपियाँ कर लिएको किसानले गुनासो गरेका छन् ।

यसरी स्थानीय सरकारले कृषि उपजमा ढाड सेक्ने गरि निकासी कर लिएपछि किसान असन्तुष्ट बनेका छन् ।
बझाङबाट धनगढी निकासी हुँदै गरेको ८० क्विन्टल आलुको पाटन नगरपलिकाले आठ हजार रुपियाँ कर लिएको सुन्दा अचम्म लागेको कृषि ज्ञानकेन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बताए ।

उनले भने,“ बझाङको ४० टन आलु काठमाडौं पठाउने तयारी गर्दै छौं । स्थानीय सरकारले यसरी नै कर लियो भने त चार लाख रुपियाँ बाटोमै सकिने भयो । यस्तो चर्को करको दर हेरफेर गर्नुपर्छ । तरकारीमा कर नलिएन पनि हुन्छ । यो त सडेर जाने चिज हो नि ?”

नगरपालिकाले खसी, तरकारी लगायत कृषि उपजमा चर्को कर लिएको विषयमा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले अघिल्लो स्थानीय सरकारले राजपत्रमै प्रकाशित गरेर करको दर निर्धारण गरेकाले तुरुन्तै हेरफेर गर्न सकिने सम्भावना नभएको बताए ।

नगरप्रमुख रावलले भने,“ करको विषयमा किसानको गुनासो आएको छ । म एक्लैले कर हेरफेर गर्न सक्दिन । कार्यपालिकाबाट पास गरेर राजपत्रमै करको दर घटाउने निर्णय भयो भने हुने कुरा हो । यो विषयमा कार्यपालिकामा छलफल हुने छ ।”

पाटन नगरपालिकाले अनारखोली बजारमा ढाँट राखेर खसी, बोका र राँगा, दाल तरकारी, आर्गनिक आलु, मह, ध्यू, मकै, फलफूल र जडिबुटी लगायत ३० वटा शिर्षकमा निकासी कर लिदैं आईरहेको छ । कर सङ्कलन गर्न वार्षिक रुपमा बोलपत्र आह्वान गरेर ठेक्कामार्फत निकासी कर सङ्कलन हुने गरेको पाटन नगरपालिकाले जनाएको छ । गोप

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार