१४ बैशाख २०८१, शुक्रबार

संगम सहकारीको दशौं साधारण सभा



धनगढी / धनगढीस्थित संगम बचत तथा ऋण सहकारी संस्थाको दशौँ साधारण सभा शुक्रबार धनगढीमा भएको छ ।

सो सहकारी संस्थामा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा एक ७७ जना नयाँ सदस्य थप भएका थिए । तर, गत आर्थिक वर्ष २०७८/०७९ मा ४५ जना शेयर सदस्य कम भएको जनाइएको छ ।
सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर विष्टले गत आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी रकम दुई करोड ५४ लाख ७१ हजार आठ सय रहेकोमा आर्थिक वर्ष २०७८/७९ उल्लेख्य बृद्धि भई २६ करोड ६९ लाख ८२ हजार रुपैयाँ पुगेको बताए ।

सो सहकारी संस्थाले हाल कैलालीको अत्तरिया, मसुरिया, मनहेरा, फूलबारी र हसुलिया शाखामार्फत वित्तीय सेवा दिइरहेको छ ।
त्यस्तै संस्थाले एसएमएस, मोबाइल बैंकिङ, फोन पे लगायतका सुविधाहरू पनि सञ्चालनमा ल्याइएको सो संस्थाका कर्मचारी कृष्णप्रसाद भट्टले बताए ।

साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट पाँच जना शेयर सदस्यलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार