१४ बैशाख २०८१, शुक्रबार

खाद्य सम्प्रभुता ऐन चाँडै बन्छ मन्त्री चौधरी



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका भूमी, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले चाँडै नै खाद्य सम्प्रभुता ऐन बन्ने बताउनु भएको छ ।

धनगढीमा रहेका सरोकारवालाले खाद्य सम्प्रभुता ऐन निर्माण, प्रदेश खाद्य परिषद गठन गर्न आग्रह गर्दे दिएको ज्ञापन पत्रको बुझ्दै मन्त्री चौधरीले ऐन बनाउन सबै काम अगाडि बढेको बताइन ।

हामी मन्त्री परिषद, आर्थिक मामिला र आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट खाद्य सम्प्रभुता ऐन बनाउने सहमति लिइसकेका छौ उनले भनिन चाँडै ऐन बन्छ । उनले अर्को महिनासम्ममा प्रदेश खाद्य परिषद बन्ने पनि बताए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रमम खाद्य अधिकार सञ्जाल सुदूरपश्चिमका संयोजक बलबहादुर रोकाया, जिल्ला खाद्य अधिकार सञ्जालका धनपति ढुंगेल, याक नेपालका देवीप्रसाद खनाल, फियान नेपालका मुकुन्द राना, गैसस महासंघका सरिता चौधरी, इन्सेकका कृष्ण विक लगायतको सहभागिता थियो ।

सो अवसरमा सरोकारवालाहरुले गण्डकीमा प्रदेश खाद्य परिषद बनाइएको, कर्णालीमा खाद्य सम्प्रभुता ऐन नै पारित भइसकेको जानकारी पनि मन्त्री चौधरीलाई दिएको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार