१३ बैशाख २०८१, बिहीबार

बडिमालिका पुजाका लागि सरकारी डोल प्रस्थान



बडीमालिका मन्दिर


बाजुरा / बाजुराको धार्मिक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रस्थान गरेको हो ।

बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरेर बिदाई गरेको छ । चार दिनसम्म निरन्तर पैदल हिडेपछि चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।

बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतिबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपूर्ण धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरू प्रस्थान गरेका हुन ।

यस वर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन् । बडिमालिका यात्रा वर्ष योजनाका साथै बाटोमा बस्नका लागि त्रिपालहरूको व्यवस्था अस्थायी चर्पीको व्यवस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडिबाट स्वयम सेवक पठाएर कार्य थालिसकेको प्रवक्ता पाध्याले बताएका छन् ।

बाजुराका धार्मिक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मिक पिठमा साउन पुर्णिमाको अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउतिर केही दिन अघिदेखि नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली बिहानै प्रस्थान गरेको थियो ।

यस बर्ष साउन २६ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यहाँ घुम्न जाने यात्रुहरूका साथै तिर्थालु भक्तजनहरू केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।

अघिल्लो दुई वर्षमा कोरोना महामारीका कारण धेरैले पुजा भर्न पाएका थिएन । यो वर्ष धेरै संख्यामा श्रद्धालु भक्तजनहरूको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्न सक्ने अुनमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार