४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि



धनगढी /डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडानम्बर ३ मा रहेको शाखा अस्पतालको उद्घाटन गरेका हुन । प्रहरी स्कुल रहेको सो ठाउँमा अस्पताल पनि स्थापना गरिएको छ ।

धनगढीमा प्रहरी र पूर्व प्रहरीको ठूलो संख्या छ त्यसैले उहाँहरुको स्वास्थ्य उपचारलाई ध्यान दिएर यहाँ शाखा विस्तार गरिएको प्रहरी महानिरीक्षक सिंहले बताए । प्रहरी महानिरीक्षक सिंहले बहालावाला प्रहरी, पूर्व प्रहरी, उनीहरुका परिवारजन र सर्वसाधारणले समेत प्रहरी अस्पतालबाट सेवा लिन पाउने बताए ।

प्रहरी प्रधान कार्यालय र आफ्नो धनगढीमा प्रहरी अस्पतालको शाखा विस्तार गर्ने प्राथमिकता थियो त्यही अनुसार शाखा विस्तार भएको उनले बताइन ।

यहाँ महिलाहरुको स्वास्थ्य समस्या धेरै छ त्यसैले पनि यहाँ अस्पतालको विस्तार जरुरी छ उनले भने, प्रहरी कल्याणकारी कोषद्धारा स्थापना भएको यो अस्पताललाई थप सुविधा सम्पन्न र नमुना अस्पताल बनाउन प्रहरी प्रधान कार्यालयले सक्दो सहयोग गर्ने बताए ।

केन्द्रीय प्रहरी अस्पतालका प्रमुख तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहका अनुसार धनगढीको प्रहरी अस्पतालमा अहिले सात बेडबाट शुरु भएकोमा भविश्यमा ५० वेडको बनाउने लक्ष्य छ । सो अस्पतालमा अहिले दुई स्त्री रोग विशेषज्ञ सहित चार जना चिकित्सक छन भने आवश्यक्ता अनुसार स्वास्थ्यकर्मीको संख्या थप्ने उनले बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख मोहनकुमार आचार्य लगायतले पनि बोलेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहसंग पूर्व प्रहरी अधिकृतहरुले धनगढीलाई अझ सुविधा सम्पन्न अस्पताल बनाउनु पर्ने, सुदूरपश्चिमका नौ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने माग समेत राखेका थिए ।

प्रहरी अस्पतालले एक सातासम्म धनगढीमै निशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार