४ जेष्ठ २०८१, शुक्रबार

२२ वर्षीय छोराले गरे बुवाको हत्या




बैतडी / आफ्नै ६८ वर्षीय बृद्ध बुवाको हत्या गरेको आरोपमा बैतडी प्रहरीले २२ वर्षीय छोरालाई घटनास्थलबाटै पक्राउ गरेको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका– ५ सेराका २२ वर्षीय लोकराज जोशीले आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार विहान करिब ६ बजेतिर बन्चरोले टाउकोमा प्रहर गरि बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

प्रहरी निरीक्षक जोशीले भने, मोही बनाउ ठेकी (बिण्णो) सफा गर्न बाहिर आउदै गर्दा छोराले ती वृद्धको टाउकोमा बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको छ ।

हत्या गरेको आरोपमा २२ वर्षीय छोरा लोकराज जोशीलाई घटना स्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ । स्थानीयका अनुसार पक्राउ परेका २२ वर्षीय युवक मानसिक रोगी रहेको प्रारम्भीक जानकारी प्राप्त भएको प्रहरी निरीक्षक जोशीले बताए ।

युवाको मानसिक अवस्था ठिक थियो कि थिएन भन्ने विषयमा प्रहरीले विस्तृत अध्ययन भइरहेको उनले बताए ।

आफ्नै बुवाको हत्या गर्ने युवा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पाटनबाट प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार