४ जेष्ठ २०८१, शुक्रबार

बाजुरा जिससमा एमाले विजयी




बाजुरा / जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यमा नेकपा (एमाले) का उम्मेदवारहरु एकलौटीरुपमा विजयी भएका छन् ।

जिसस प्रमुखमा तुलसीराम रोकाया निर्वाचित भएका छन् । यस्तै गरेर उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतारा निर्विरोध निर्वाचित हुनु भएका छन् ।

महिला सदस्यमा पनि एमालेकै कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्विरोध निर्वाचित भइन ।

जिससका लागि नेकपा एमालेको एकल उमेदवारी परेपछि जिससमा पूरै पदाधिकारी र सदस्य एमालेकै निर्विरोध निर्वाचित भएका हुन ।

नौ वटा स्थानीय तह रहेको बाजुरामा एमालेले छ/छ, प्रमुख/उपप्रमुख जितेपछि एकलरुपमा उम्मेदवारी दिने अवस्था आएको एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापाले बताए ।

०७४ को स्थानीय तहमा नेपाली कांग्रेसले छ पालिका जितेर जिल्ला समन्वय समिति बनाएको छ । बाजुरामा हरेक स्थानीय चुनाव फरक पार्टीले जित्ने गरेका छन् । यसअघि ०४९ मा कांग्रेस र ०५४ मा एमालेले बढी स्थान जितेर तत्कालिन जिल्ला विकास समिति बनाएका थिए ।

नवनिर्वाचित सबैले आइतबार नै सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार