२० बैशाख २०८१, बिहीबार

बुढीगंगाका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने




बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाले पहिलो नगर कार्य पालिकाको बैठकले जनप्रतिनिधिहरुमा एकरुपमा कायम गर्न सबै सदस्यहरुले पालिकाको आफ्नै पोषाकलाई प्रचलनमा ल्याउने निणर्य गरेको छ । पुरुष सदस्यको हकमा दाउरा सुरुवाल र महिला सदस्यको हकमा ढाँका चोली सारी र हाप कोट बनाउने निर्णय गरिएको छ ।

शुक्रबार बसेको बैठकले १४ वटा महत्वपूण निणर्य गरेको छ । कार्यपालिकाकै निर्णय अनुसार तोकिएका प्रवक्ता हेमराज जैशीका अनुसार नगरपालिकाका विभिन्न विषयगत समिति र जनतालाई न्यायको पहुँचमा पुगाउन न्यायीक समिति गठन गरिएको छ । प्रवक्ता तोएिकाका जैशी वडा नम्बर ६ का वडाअध्यक्ष हुन ।

बैठकले खाजाका लागि टाढा जानु पर्ने भएकोले नगरपालिकाको हातामै चमेना गृह निर्माण गर्ने निणर्य गरेको प्रवक्ता जैशीले बताए ।

त्यस्तै गरेर सडक आसपासमा रहेका टिनका छाप्रोहरुको व्यवस्थापन गरिने र नगरपालिका भित्र रहेका उद्योग व्यवसायलाई करको दायरामा ल्याएर सूचिकृत गरेर मूल्यसूची अनिवार्य राख्नु पर्ने निणर्य गरिएको छ ।

प्रवक्ता जैशीका अनुसार नगरपालिकाको प्रोफाइल तयारी पारिने र मदिरालाई व्यवस्थापन गर्ने निणर्य गरेको छ । मदिरालाई कसरी व्यवस्थापन गर्ने र विक्री वितरण गर्ने भन्ने विषयमा यो भन्दा पछिका कार्यपालिकाका बैठकहरुमा मापदण्ड बनाएर नगरसभाबाट पास गर्ने गरेर निर्णय भएको छ ।

नगरपालिकाले आफ्ना कामलाई चुस्तदुरुस्त राख्न नगरपालिका र भवन निर्माण भएका वडा कार्यालयमा सिसी टिभी क्यामारा जडान गरिने नगरपालिकाले जनाएको छ ।

बैठकले उपप्रमुख माया कुँवरको संयोजकत्वमा चार सदस्यीय राजश्व परामर्श समिति गठन गरिएको छ ।

नगर प्रमुख रामबहादुर बाँनियाका अनुसार आर्थिक वर्ष २०७८ ०७९ को आर्थिक बेरुजु शुन्यमा झार्न कार्यदल गठन गरेर काम थालिने बताए ।

यस्तै गरेर नगर प्रमुख बानियाँका संयोजकत्वमा पाँच सदस्यीय राजश्व अनुदान बाँडफाड, प्रक्षेपण खाका तथा सीमा निर्धारण समिति गठन गरिएको छ । पालिका बैठकले करार कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सूचकका आधारमा राम्रो काम गर्नेलाई पुरषकृत्त र नराम्रो काम गर्नेको करार म्याद थप नगर्ने निर्णय पनि गरेको छ ।

यस्तै नगरपालिकाको कामलाई नतिजामूखी बनाउन नगरपालिका लगायत १० वटै वडामा सुझावपेटीका राख्ने सामाजिक सुरक्षा भक्ता भौगोलिक कठिनाइका कारण वडा कार्यालयबाट वितरण गर्ने निणर्य गरेको छ ।

बैठकले समान शिक्षा प्रणाली लागू गर्न शिक्षक दरवन्दी मिलान कार्यदल तयार गरेर दरवन्दी मिलान गर्ने र कार्यपालिका सदस्यहरुले आफूले गर्ने कामको १० बुँदे स्वघोषणा पत्र समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार