८ बैशाख २०८१, शनिबार

स्वावलम्वन जीवन पद्धति केन्द्रको आठ बुँदे माग



धनगढी / अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धति केन्द्र धनगढीले जिल्ला समन्वय समिति (जिसस) का प्रमुख पदम कलेललाई आठ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ ।

अपाङ्गता भएका व्यक्तीहरुका हकहितका लागि स्वावलम्वन जीवन पद्धति केन्द्र धनगढीका अध्यक्ष भीमबहादुर शाहले जिसस प्रमुखलाई माग पत्र हस्तान्तण गरेका हुन् ।

संघीय सरकारले मानवनिर्मित भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ स्वीकृत गरी सकेको अवस्थमा यहाँ निर्माण भईरको सार्वजनिक तथा नीजि भौतिक संरचाममा अझै कार्यान्वयन भएका छैनन् । संरचना निर्माणका लागि निर्देशन दिनु अनुरोध गरिएको छ ।

सरकारी र नीजि क्षेत्रले कृतिम हातखुट्टा बनाई वितरण गरीएको भएता पनि पर्याप्त, गुणस्तरीय नभएको हुँदा अपाङ्गता भएका व्यक्तिहरुको अपाहता अनुकुलताका उपयुक्त सहायक सामाग्री जस्तै मनुवल ह्वील चियर, ट्राई साइकिल, विद्युतीय ह्वयलचियर वैशाख र प्रविधि मार्गको भरमा गुजारा गर्न परिरहेको अवस्थामा प्रदेश सरकारले स्वदेशमा नै सहायक सामाग्री र प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान गर्नुपर्ने छ । अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्बी जीवनयापनमा सहयोग गर्न आवश्यक पहलकदमी गर्न हार्दिक अपिल गरिएको छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७५ र यसको नियमावली २०७७ समेत स्वीकृत भएको अवस्थामा ऐन नियमावलीको प्रदेश तहमा सफल कार्यान्वयनका लागि प्रदेश तहमा अपाङ्गता भएका व्यक्तिहरुका लागि नीति तथा कार्यक्रम तर्जुमा गरी लागू गर्नुपर्ने, प्रदेशमा रहेका पुर्ण र अति अपाङ्गता भएका व्यक्तिहरुलाई इच्छाएको समुदायमा रहेर स्वतन्त्र स्थावर मर्यादित जीवनयापनका लागि जीवनमा आवश्यक पर्ने व्यक्तिगत सहयोगी सेवा नीति तर्जुमा गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार