२० बैशाख २०८१, बिहीबार

राज्यमन्त्री रैकाद्धारा अछामलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा



अछाम / अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शनिबार एक समारोहका बीच सो घोषणा गरेका हुन् ।

जिल्लाका दस वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री रैकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने बताए ।

उनले प्रदेश सरकार प्रति गुनासो गर्दै स्वास्थ्य भवनका लागि छुट्याइएको बजेट तथा कार्यक्रम काटेर मन्दिरहरूमा बजेट हालेकाले त्यसमा असहमत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार