४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि पेश गरेको बजेट अन्तत पारित भएको छ ।

सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ ।

बजेट बारे बुधबार लामो छलफल भएको थियो । छलफलपछि दोस्रो पटक राति ८ :४५ बजे बसेको बैठकले ९ : ९ मिनेटमा बजेट पारित गरेको हो ।

बजेट पारित भएपछि मन्त्रीहरुले एकअर्काको अनुहारमा हेरेर खुसी साटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार