१० श्रावण २०८१, बिहीबार

धनगढीका लागि उडिरहेको बुद्व एयरको जहाजभित्रै चुरोट तानेपछि



धनगढी/ काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एअरको जहाजमा एक यात्रु चुरोट तानिरहेको अवस्थामा भेटिएका छन्। सो जहाज बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको हो ।

सो घट्नाको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले पुष्टी गर्दे चुरोट खाने टीकापुरका नारायण उपाध्यायलाई प्रहरीको जिम्मा लगाइएको बताए ।

उडान नम्बर २५३ मार्फत सिट नम्बर ११ ए मा रहेका उपाध्याय जहाजको शौचालय गएर चुरोट तान्दै सिटमा आएर बसेका थिए । जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरु आत्तिएका थिए । यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेका थिए ।

झोलामा चुरोट र लाइटर रहेछ त्यही लिएर जहाज चढेछन् विमानस्थल प्रमुख भटट्ले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार