१० श्रावण २०८१, बिहीबार

पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्छु : मन्त्री कुँवर



काठमाडौं/ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिएका छन् ।

नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हुन ।

उहाँले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताए । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताए । । जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उनको भनाई छ ।

पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोध समेत गरे । अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उहाँले आफुले स्वदेशमै रोजगारी सृजना गर्न पहल गरिरहेको जानकारी गराए ।

यसअघि आजै मन्त्री कुँवर अछाम सेवा समिति र उद्योग वाणिज्य संघ कैलालीले आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा सहभागि हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार