१० श्रावण २०८१, बिहीबार

सत्तापक्षिय प्रदेश सभा सदस्यको आफ्नै सरकारप्रति गुनासो




धनगढी / मुस्किलले शुरु भएको प्रदेश सभा बैठकमा सत्तापक्षिय प्रदेश सभा सदस्यहरुले आफ्नै सरकारका विरुद्ध बोलेका छन् ।

माओवादीका कुन्ती जोशीले मैले पाएन भन्दा पनि समग्रमा बजेट राम्रो नभएको बताइन । व्यक्तीगतरुपमा मेरो केही छैन तर बजेट ठिक छैन । उनले बाध्यताले बजेट पास गर्नु पर्ने संकेत गरिन ।

त्यसअघि बोलकी नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यले मुख्यमन्त्री र पर्यटनमन्त्रीको मात्रै होइन आफ्नौ पार्टीले सम्हालेका भौतिक पूर्वाधार विकास र आर्थिक मामिलामन्त्रीको पनि विरोध गरिन ।

मेरो क्षेत्रमा १० करोड पुगेन । कसैको वडामा १५ करोड पुग्छ । दुई मन्त्री हुँदा पनि आवश्यक बजेट भएन’, उनले भनिन, भौतिक पूर्वाधारले काट्दिनुभयो । अर्थमन्त्रीले आफ्नै क्षेत्रमा दुई अर्ब लानुभयो । ४५ मन्दिर बनाउनुभयो । हाम्रो एउटा मन्दिर पनि आवश्यक ठान्नुभएन ।

सत्तापक्ष नेपाली काँग्रेसका भरतबहादुर खड्काले भने यो सरकारप्रति धेरै घृणा उठिसक्यो अझै यस्तो सरकार आए संघियता खारेज हुनसक्छ । यो बजेट पास गर्न आत्मदेखि काही तयार छैन ।

सत्तापक्ष माओवादीकै महेशदत्त जोशीले नीजि सम्पति बाँडे जसरी बजेट आएको बताए । उनले निश्चित व्यक्तीलाई फाइदा पुग्ने बजेट आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार