१० श्रावण २०८१, बिहीबार

२० लाख मत पाउने गरेर लाग्न माधव नेपालको कार्यकर्तालाई निर्देशन






धनगढी / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २० लाख बढी मत पाउने गरेर काम गर्न
कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पुस्पलाल स्मृति प्रतिष्ठानद्धारा सोमबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रत्येक पालिका, वडा र टोलमा पार्टी विस्तार गर्न पनि आग्रह गरे ।

हामीले स्थानीय तहमा २८ प्रतिशत ठाउँमा मात्र उम्मेदवारी दिएका थियौ नौ लाख मत ल्यायौ अब २० लाख ल्याउने गरेर लाग्नुपर्छ उनले कार्यकर्ता निर्देशन दिदै भने ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दीर्घ जोशीको अध्यक्षतामा भएको कार्यक्रममा एकीककृत समाजवादीका महासचिव वेदुराम भुषाल, सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायतले बोलेका थिए ।

चुनावी अघि कसैसंग पनि पार्टी एकता हुँदैन– नेपाल

यसअघि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आगामी संघीय तथा प्रदेश निर्वाचनअघि कुनै पनि दलसंग पार्टीगत एकता नहुने बताएका थिए । उनले माओवादी केन्द्रसंग एकता हुन्छ भनेर कसैले पनि आत्तिनु नपर्ने बताए ।

अध्यक्ष नेपालले भने– कतै एकिकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुनथाल्यो भनेर कसैलाई लागेको होला । तर, यसमा कसैले पनि “हर्टविट” बढाउनु जरुरी छैन ।

उनले पाँच दलीय गठबन्धन यो संसद रहुन्जेल कायम राख्नुपर्छ भन्नेमा आफुहरु सजग रहेको बताए । भने– अब यो (पाँच दलीय गठबन्धन) कहिलेसम्म रहन्छ ? भन्ने त जोतिषलाई मात्रै थाहा होला, तर हामी चाही यो संसद रहेसम्म गठबन्धन कायम हुनुपर्छ भन्ने पक्षमा छौं ।

अध्यक्ष नेपालले आगामी प्रदेश र संघीय निर्वाचनमा एकिकृत समाजवादी पार्टीले सकेसम्म एक्लै चुनाव लड्ने बताए । उनले भने– हामी आफु बलियो रहेको स्थानमा उक्लै लड्छौं, कमजोर भएको क्षेत्रमा अरुसंग सम्मानजनक चुनावी तालमेल गर्छौ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेपालको अवस्था श्रीलंकाको जस्तो नहुने ठोकुवा गरे । उनले भने– अहिले रुस र युक्रेनबीचको युद्धका कारण विश्वभरी नै आर्थिक मन्दी छाएको हो । नेपालको अवस्था श्रीलंकाको जस्तो हुँदैन ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार