१० श्रावण २०८१, बिहीबार

हरेक स्थानीय तहमा श्रम डेस्क– मन्त्री कुँवर



धनगढी / संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकका सबै स्थानीय तहमा श्रम डेस्क स्थापनाको काम अघि बढाइने बताएका छन् ।

उनले हरेक स्थानीय तहमा श्रम डेस्क स्थापना भएपछि भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जानेहरुको अभिलेख राख्न सजिलो हुने बताए ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनमा मन्त्री कुँवरले सरकारले वैदेशिक रोजगारीलाई प्रोत्साहन नगर्ने भए पनि जानै चाहनेहरुलाई कसरी सुरक्षित बनाउने भन्नेमा सधैं गम्भीर रहेको बताए । “सरकार वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन हरसम्भव प्रयास गरिरहेको छ” उनले भने ।

मन्त्री कुँवरले सरकारले जापान, बेलायत लगायत विकशित र सुरक्षित रोजगार गन्तव्यको खोजीगरिरहेको बताए । उनले विदेशबाट सीप सिकेर स्वदेश फर्किएका नेपाली कामदारहरुलाई नेपालमै रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार