१० श्रावण २०८१, बिहीबार

गेटा मेडिकल कलेज सञ्चालन गर्न एमाले प्रदेश कमिटीको माग




धनगढी / नेकपा एमाले सुदूरपश्चिम कमिटिले गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय सञ्चालन गर्न सरकारको ध्यानकर्षण गरेको छ ।
एमाले प्रदेश कमिटीले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै“ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित एक सार्वजनिक कार्यक्रममा गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै यसलाई चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गर्न माग गरेको छ ।

एमाले प्रदेश सचिव धर्मराज पाठकद्वारा जारी विज्ञप्तीमा “लामो समयदेखि गेटामा मेडिकल कलेजका लागि भौतिक संरचनाहरु निर्माण भैसक्दा पनि कुन स्वरुपको स्वास्थ्य संस्था सञ्चालन गर्ने भन्नेमा रहेको अन्यौलबीच तत्काल आधुनिक उपकरण तथा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न” माग गरिएको छ ।

विज्ञप्तीमार्फत एमाले प्रदेश कमिटीले “अरु प्रदेशहरुमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइ सञ्चालन भइरहेको सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि स्वाथ्य जनशक्ति उत्पादन तथा गुणस्तरीय स्वास्थ सेवा प्रदायक संस्था नहुनु खेदजनक” भएको दोहोराएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गेटामा मेडिकल कलेजबारे कुनै सम्बोधन नभएकोमा ध्यानाकर्षण गराउँदै एमालेले आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार