बूढीगंगामा एमालेका बाँनिया मेयर र उपमेयरमा कुँवर विजयी
बाजुरा/ बूढीढगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवारहरु मेयर र उपमेयरमा विजयी भएका छन् ।
एमाले र काँग्रेसले प्रतिष्ठाको विषय बनाएको सो पालिकामा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खाती भन्दा १००३ बढी मत ल्याएर विजयी भएका हुन ।
आइतबार पूरा भएको मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन.हजार ७७४ मत प्राप्त गरेका छन ।
त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुँवर चार हजार ७२७ मत पाएर विजयी भएकी छन् । उनकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाएकी छन् ।
१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेस विजयीका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।
बूढीगंगामा नगरपालिका १३ हजार ६५९ मतदाता रहेका रहेकोमा असार २३ गतेको चुनावमा ६६.८३ प्रतिशत अर्थात नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।