१० श्रावण २०८१, बिहीबार

बूढीगंगा अपडेट : मतान्तर घटे पनि एमाले जित्ने निश्चित




धनगढी / बूढीढगंगा नगरपालिकामा काँग्रेसले एमालेसंगको मतान्तर घटाए पनि एमालकै मेयर उपमेयर जित्ने निश्चित भएको छ ।

सात हजार ४१९ मतगणना हुदा नेकपा (एमाले) का तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया ७८० मतान्तरका साथ अगाडि छन् । अव एक हजार ७०९ मत गणना हुन बाँकी छ । शनिबार भने बाँनिया एक हजार ५६२ मतले अगाडि थिए । त्यसपछि निरन्तर मतान्तर घट्दै गएको छ ।

काँग्रेसको गढ मानिने वडानम्बर ४ मा काँग्रेसले राम्रो मत ल्याएपछि मतान्तर घटेको हो । सो वडामा खसेको १२२० मतमा काँग्रेसका मेयरका उम्मेदवारले रंगबहादुर खातीले ९३१  मत  पाउदा एमालेका उम्मेदवार बाँनियाँले १२७ मत पाएका छन् । काँग्रेसका खाती सोही वडाका बासिन्दा हुन ।

वडानम्बर ७ र ८ पनि काँग्रेसका गढ हुन त्यहाँ वडाअध्यक्ष जितेपनि काँग्रेसका मेयरले राम्रो मत पाउन सकेनन् । ७ मा एमालेका बाँनियाले ४०३ र काँग्रेसका खातीले ३८१ मत पाएका छन् ।

यस्तै वडानम्बर ८ मा पनि एमालेका बाँनियाले ३७९ मत पाए भने काँग्रेसका खातीले २६६ मत मात्रै पाएका छन् । जवकी वडाअध्यक्षमा काँग्रेसले ३५९ मत पाएको छ । एमाले उम्मेदवार बाँनिया ८ नम्बरकै बासिन्दा हुन । तर विगतमा एमालेले त्यहाँ निक्कै न्युन मत पाउदै आएको थियो ।

अहिले मत गणना भइरहेका ५ र ६ नम्बर वडामा पनि एमालेकै अग्रता हुने पक्का छ । ती दुइवटै वडा एमाले जित्दै आएका वडा हुन ।

अहिलेसम्मको गणनामा बाँनियाले तीन हजार ८८१ मत पाएका छन् भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार रंगबहादुर खातीले तीन हजार १०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडकाले तीन हजार ७५३ र काँग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहीले तीन हजार १५३ मत पाएकी छन् ।

१० वटा वडा रहेको बूढीगंगाको सम्पूर्ण परिणाम आज दिउँसो ११ बजे भित्रै आइसक्ने अनुमान निर्वाचन कार्यालय बाजुराले गरेको छ ।

बुढिगंगा नगरपालिका वडा न १, २, ३, ४, ७, ८, ९ र १० को गणना पूरा भएको छ ।

मतगणना सकिएको वडानम्बर १, २, ३, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन् । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेस विजयीका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

बूढीगंगामा नगरपालिका १३ हजार ६५९ मतदाता रहेका रहेकोमा असार २३ गतेको चुनावमा ६६.८३ प्रतिशत अर्थात नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार