१० श्रावण २०८१, बिहीबार

वूढीगंगामा एमाले मेयर एक हजार ५२८ मतले अगाडि






बाजुरा /बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ ।

शनिबार राति १० बजे प्राप्त विवरण अनुसार पाँच हजार ८२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया काँग्रेसका रंगबहादुर खाती भन्दा एक हजार ५२८ मतले अगाडि हुनुहन्छ ।

एमालेका बाँनियाले तीन हजार ४६८ र काँग्रेसका खातीले एक हजार ९४० मत पाउनु भएको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेकै माया कुँवर अगाडि हुनुहुन्छ । उहाँले तीन हजार ३९१ र काँग्रेसका रिता शाहीले दुई हजार १०२ मत पाउनु भएको छ ।

बूढीगंगामा विहीबार भएको निर्वाचनमा नौ हजार १२८ मत खसेकोमा पाँच हजार ८२९ मतको गणना भएको छ । अव तीन हजार २९९ मतको गणना हुन बाँकी छ ।

१० वटा वडा रहेको बूढीगंगामा छ वडाको नतिजा आएको छ । जसमध्ये १,२,३, ९ र १० मा एमाले र वडानम्बर ८ मा काँग्रेसले जितेको छ । काँग्रेसले अघिल्लो निर्वाचनमा जितेको वडानम्बर १ गुमाएको छ ।

अहिले गणना भइरहेको वडानम्बर ४ का नेपाली काँग्रसका वडाअध्यक्ष अत्याधिक मतले अगाडि छन भने वडा नम्बर ७ मा कांग्रेसका वडाअध्यक्ष ७ मतले अगाडि छन् ।

निर्वाचन आयोग नेपालले बूढीगंगामा वैशाख ३० गतेको मतदानमा धाँदली भएको भन्दै १० वटै वडाको मतदानलाई वदर गरेको थियो । त्यसकारण विहीबार फेरि चुनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार