१० श्रावण २०८१, बिहीबार

बूढीगंगामा काँग्रेसले पनि खाता खोल्दै ८ नम्बर वडा जित्यो




बाजुरा / बूढीगंगा नगरपालिकाको वडा नम्बर ८ मा नेपाली काँग्रसका उम्मेदवार रमेश रावल विजयी भएका छन् । उनले ३५९ मत पाएका छन् ।
रावलसित एमालेका विराज रावल ३०१ मत पाएर पराजीत भए ।

यसअघि नतिजा आएको वडा नम्बर १, २, ९ र १० मा एमालेले जितेको छ । भने वडा नम्बर ३ मा पनि एमालेका उम्मेदवार जितेका छन् तर आधिकारिकरुपमा परिणाम आएको छैन ।

काँग्रेसले जितेको वडानम्बर ८ मा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाले काँग्रेसका मेयरका उम्मेदवार १३१ बढी मत पाएका छन् । उनले ३९७ र काँग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले २६६ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार माया कुँवरले बढी मत पाएकी छन् । कुँवरले ३३६ र काँग्रेसकी रिता शाहीले ३३२ मत पाइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार