१० श्रावण २०८१, बिहीबार

बझाङ एमालेमा चारदिनसम्म सहमति जुटेन



बझाङ / नेकपा (एमाले) बझाङको असार २२ गते उद्घाटन भएको आठौ जिल्ला अधिबेशनले अझै नेतृत्व चयन गर्न सकेको छैन । बझाङ जिल्ला इन्चार्ज भैरबबहादुर सिहंको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

जिल्ला अधिवेशनमा जिल्लाभरिका ८९५ जना प्रतिनिधि सहभागी भएका छन् । आकांक्षी धेरै भएपछि ९० जना सदस्य छान्न अध्यक्षमण्डललाई धौ धौ भएको छ ।

जिल्ला अध्यक्ष पदमा निवर्तमान अध्यक्ष दमन भण्डारी , संविधान सभाका सदीय एलबीरावल , जयपृथ्वी नगरपालिका निर्वतमान प्रमुख विरेन्द्र खड्का दावी गरिरहेका छन ।

सचिवमा आनन्दलाल विक, नयन बोहरा, लोकेन्द्र सिंह र गोकुल सिहको नाम चर्चामा छन् । उपसचिव रामप्रसाद भट्ट दावी गरिहेका छन ।

भैरवबहादुर सिहं, आशा विक, ऐन महर र अफिलाल विक गरेर चार जना एमालेका कन्द्रीय सदस्य रहेका यो जिल्लामा निवर्तमान कार्यसमितिका पदाधिकारीमा अध्यक्षमा दमन भण्डारी उपाध्यक्ष मोहनराज जोशी ,सचिव आनन्दलाल विक उपसचिव भागरथी सिहं रहेका थिए ।

तल्कोट गाउँपालिका निर्वतमान अध्यक्ष लालबहादुर विष्ट पनि पदाधिकारिका आकांक्षी रहेका छन् । निवर्तमान पदाधिकारीमध्ये अध्यक्षमा दमन भण्डारीलाई पुनः अध्यक्षमा निर्वाचित गर्नमा चारै जना केन्द्रिय सदस्य सहमत छन तर अध्यक्षका अर्का आकांक्षी संविधान सभा सदस्य एलबी रावलले पनि आफ्नो दावी छोडेका छैनन ।

अन्य पदाधिकारिमा केन्द्रीय नेताहरुका आफ्नै निकटका व्यक्ति ल्याउन खोजिरहेका हुँदा सहमतिका नाममा अधिवेशन लम्बिएको सहभागी प्रतिनिधिको आरोप छ ।

एलवी रावल, नेता डा भीमबहादुर रावल निकट मानिएका छन भने दमन भण्डारी संस्थापन पक्षका हुन । पदाधिकारीमा पूर्व माओवादी पक्षलाई समेट्नु पर्ने माग छ ।

जिल्ला अधिवेशनको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार