बूढीगंगा अपडेट : २ नम्बरको वडाअध्यक्षमा एमालेका भण्डारी विजयी

बाजुरा / बूढीगंगा नगरपालिका वडानम्बर २ को अध्यक्षमा एमालेका पदम भण्डारी अत्याधिक मतले विजयी भएका छन् ।
भण्डारीले ८३८ मत पाए भने उनका प्रतिद्धन्द्धी दलबहादुर थापाले २३५ मत पाए ।
एमालेले अहिलेसम्म गणना सकिएका सबै वडा जितेको छ ।
यसअघि वडानम्बर १, ९ र १० मा एमालेले जितेको छ । अझै छ वडाको गणना हुन बाँकी छ ।




