१० श्रावण २०८१, बिहीबार

बूढीगंगा १ को वडाअध्यक्षमा एमालेका थापा विजयी



बाजुरा / अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको बुढिगंगा नगरपालिका वडानम्बर १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा वडाअध्यक्षमा विजयी भएका छन् ।

उनीसंग काँग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित भएका हुन । विजयी रणबहादुरले ४१६ र काँग्रेसका थापाले ३५० मत पाएका छन् ।

सो वडामा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाँले ३५० काँग्रेस रंगबहादुर खातीले ३३८ मत पाएका छन् । वडानम्बर १ मा एमालेका उपमेयरका उम्मेदवार माया कुँवरले ३५० काँग्रेस रिता शाहीले ३३८ मत पाइन ।

एक हजार ३२६ मतदाता रहेको सो वडामा ८३१ मत खसेका थियो । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।

बूढीगंगामा वैशाख ३० को चुनाव रद्ध भएपछि हिजो बिहीबार फेरि चुनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार