बूढीगंगा अपडेट : १०४ मतले एमालेको अगाडि
बाजुरा / बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले ) का मेयरका उम्मेदवार रामबहादुर बाँनिया १०४ मतले अगाडि रहेका छन् ।
एक हजार दुई मत गणना हुँदा बानियाँले ६२० र उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीले ५१६ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा एमालेका माया कुँवर ६१५ र काँग्रेसका रिता शाहीले ५२८ मत पाएकी छन् ।
१० वटा वडा रहेको बूढीगंगामा ९ हजार १२८ मत खसेको छ । अहिले वडा नम्बर १ र १० को मतगणना भइरहेको छ । दुईवटै वडाका वडा अध्यक्षमा पनि एमालेकै उम्मेदवार अगाडि छन् ।
वडा नम्बर १ मा ८३१ र वडा नम्बर १० मा एक हजार १०९ मत खसेको छ ।
अहिलेसम्मको गणनामा वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार लोक थापाले २६२ र नेकपा एमालेका रणबहादुर थापाले २८७ मत पाएका छन् ।
त्यस्तै गरेर वडा नं १० मा कांग्रेसबाट मोहन बुढाले २४७ र नेकपा एमालेका दलबहादुर साउँद ३१४ मत पाएका छन् ।
निर्वाचन आयोग नेपालले बूढीगंगामा वैशाख ३० गतेको मतदानमा धाँदली भएको भन्दै १० वटै वडाको मतदानलाई वदर गरेको थियो । त्यसकारण विहीबार फेरि चुनाव भएको थियो ।