३ माघ २०८१, बिहीबार

बूढीगंगामा प्राररम्भिक गणनामा एमाले तीन मतले अगाडि



वाँयाबाट टीका लगाएका एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनिया र काँग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खाती

बाजुरा / बाजुरा बूढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भीक नतिजा आएको छ ।

वडानम्बर १ र १० को ४ सय मतगणना हुँदा नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँ तीन मतले अगाडि छन् । उनले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्काले अगाडि छन् । उनले १८७ र नेपाली कांग्रेसकी रिता शाहीले १८५ मत पाएका छन् ।

दुईवटै वडामा काँग्रेसका वडाअध्यक्षका उम्मेदवार अगाडि छन् । वडानम्बर १ मा काँग्रेसका वडाअध्यक्षले ९२ र एमालेले ८४ मत पाएको छ ।

यस्तै वडानम्बर १० काँग्रेसका वडाअध्यक्षले ९५ र एमाले ८९ मत पाएको छ । वडानम्बर १ मा ८३१ र १० मा एक हजार १०९ मत खसेको छ ।

०७४ वडानम्बर १ मा काँग्रेस र १० एमाले विजयी भएको थियो ।

बूढीगंगामा वैशाख ३० मा भएको चुनाव बदर गरेर बिहीबार फेरि मतदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार