६ जेष्ठ २०८१, आईतवार

बाजुराको बूढीगंगा नगरपालिकाको कुन वडामा कति भोट खस्यो ( हेर्नुस तथ्यांक)




धनगढी / १३ हजार ६५९ जना मतदाता रहेका बाजुराको बूढीगंगा नगरपालिकामा आज विहीबार भएको निर्वाचनमा ९ हजार ११७ अर्थात ६६.७५ प्रतिशत मत खसेको छ ।

सो नगरपालिकाका १० वटै वडामा आज मतदान भएको थियो । वैशाख ३० गतेको मतदान स्थगित भएपछि आज मतदान भएको हो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

जसअनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

बूढीगङ्गाको वडानम्बर १ मा एक हजार ३२६ वडानम्बर २ मा एक हजार ४४३ वडा नम्बर ३ मा एक हजार ३२० वडानम्बर ४ मा एक हजार ७०९ वडानम्बर ५ मा एक हजार १४२ वडानम्बर ६ मा एक हजार ९२ वडानम्बर ७ मा एक हजार ३०७ वडानम्बर ८ मा एक हजार ५९ वडानम्बर ९ मा एक हजार ४८३ र वडानम्बर १० मा एक हजार ७७८ गरी १३ हजार ६५९ मतदाता रहेका थिए ।

चुनावमा काँग्रेसका रंगबहादुर खाती र नेकपा (एमाले) का रामबहादुर बाँनियाबीच नगर प्रमुख पदमा मुख्य प्रतिस्पर्धा रहेको छ । यस्तै उपप्रमुखमा काँग्रेसका रिता शाही र एमालेका माया कुँवर उम्मेदवार छन् ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको बूढीगंगामा निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वडानम्बर ९ को त्रिशक्ति उच्चमावि तल्लकोटमा एमाले र नेकपा (एकीकृत समाजवादी) का वीचमा सामान्य विवाद भएर झण्डै आधाघण्टा मतदान रोकिए पनि पछि सहमतिमै फेरि मतदान कार्य सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार