६ जेष्ठ २०८१, आईतवार

बुढिगंगा नगरपालिकाको चुनाव सम्पन्न: ६६.७५ मत खस्यो



बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको चुनाव सम्पन्न भएको छ । मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको सहायक जिल्ला अधिकारी लोकिन्द्र विष्टले बताएका छन्।

बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झड्प हुन नदिने हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले जनाएका छन् ।

त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिए र पुन सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले बताए । बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता संख्या रहेकाे थियो। १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । कुल मत ६६. ७६ प्रतिशत मत खेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार