६ जेष्ठ २०८१, आईतवार

एमाले नेता थापाको दावी बुढीगंगा एमाले जित्छ




धनगढी / नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्णवहादुर थापाले बिहीबार भएको बुढीगंगा नगरपालिकाको स्थानीय तहको चुनाव एमालेले जित्ने ठोकुवा गरेका छन् ।

सामाजिक सञ्जाल फेसवूकमा स्टाटस लेख्दै उनले बुढीगंगामा एमाले जित्ने दावी गरेका हुन ।

उनले लेखेका छन् मतदान केन्द्र कव्जा गरेर चुनाव जित्ने काँग्रेसको सपना समाप्त, बुढीगंगामा सूर्यको जीत निश्चित ।
नेता थापा सोही नगरपालिकाको वडा नम्बर ९ का मतदाता पनि हुन ।

१० वडा रहेको बुढीगंगामा १२ हजार ६५९ मतदाता रहेकोमा ६० प्रतिशत भन्दा बढी मत खसेको अनुमान छ ।

सो पालिकामा वैशाख ३० गतेको मतदान धाँदली भएको भन्दै बदर गरिएपछि फेरि मतदान भएको हो ।

सो पालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र काँग्रेसबाट रंग खाती उम्मेदवार छन् । एमालेका बानियाँ ०७४ मा पनि झिनो मतले पराजीत भएका थिए । बाँनिया राजनीतिक कार्यकर्ता हुन भने खाती शिक्षकबाट रिटायर भएर राजनीतिमा आएका हुन ।

एमालेले १० मा सात वडा जित्ने काँग्रेस पक्षले पनि स्वीकार गरेका छन् । भने मेयरमा भने कडा प्रतिस्पर्धा हुने दावी छ ।
काँग्रेसका युवा नेता योगेन्द्र रावलले भने आफूले मतादान गरेको ८ नम्बर काँग्रेसले जित्ने पक्का भएको बताउदै मेयर/ उपमेयरका विषयमा तथ्यांक लिन बाँकी रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार